काठमाडौं । थप ७ स्थानमा राष्ट्रिय वाणिज्य बैंकले आफ्नो शाखा विस्तार गरेको छ । बैंकले देशभरको विभिन्न जिल्लामा थप ७ शाखा कार्यालय विस्तार गरेको हो ।

बैंकले काठमाडौंको बलम्बु, कागेश्वरी, गोदावरी, कमलविनायक, चितवनको माडी, सिन्धुपाल्चोकको साँगाचोकगढी र प्युठानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । योसँगैं बैंकको शाखा कार्यालयहरुको संख्या २५४ पुगेको छ ।

बैंकले सातै प्रदेशको ७७ वटै जिल्लामा २५४ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्गमार्फत सेवा दिइरहेको ंछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय