काठमाडौ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच आज बालुवाटारमा बसेको बैठकमा कुन दलले कुन मन्त्रालय लिने भन्नेबारे विवाद यथावत रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज छलफल भएको थियो ।

बालुवाटार स्रोतका अनुसार मन्त्रालय भागबन्डाबारे अझै सहमति हुन सकेको छैन । माओवादीका अध्क्षक्ष पुष्पकमल दाहालले एक दुई दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने दावी गरेपनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

गत असार २९ मा कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएका थिए । अहिलेसम्म कांग्रेसबाट तीन मन्त्री र २ राज्यमन्त्री तथा माओवादीबाट २ मन्त्री मात्रै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय