पछिल्लो समयमा महामारीको रुप लिएको डेगीले मानिसमा त्रास फैलाएको छ । रोगको यत्रो महामारी फैलिँदा पनि सरकार भने चुपचाप बसेको छ । सरकार र नेताहरु आगामी निर्वाचनमा बढी केन्द्रित भएकाले पनि यसतर्फ कसैले चासो देखाउन सकेका छैनन् ।

डेंगी रोग लागेकाहरु यो रोग कोरोनाभन्दा पनि खतरा रहेको भन्दै आएका छन् । लामखुट्टेको टोकाइबाट लाग्ने डेंगीले जनजीवनमा पारेको प्रभावको मूल्यांकन सरकारले गर्न सकेको छैन । डेंगीका लागि सिटामोल चाहिने भए पनि सिटामोलको हाहाकार भएको छ । सरकार भनें औषधीको अभाव नभएको भन्दै आएको छ । जनतालाई दुःख पर्दा सरकारले समस्याको पहिचान नगर्ने भएकाले पनि जनताले सधैं सरकारको आलोचना गर्दै आएका छन् । डेंगी रोगको रोकथाम गर्न के गर्नुपर्छ भनेर सरकारले जनतामा चेतना पनि बाँड्न सकेको छैन । न त कतै सार्वजनिक सूचना नै जारी भएको छ भनें न त कतै प्रभावकारी कदम नै चालिएको छ । सरकार र नेताले सधैं जनतालाई प्रयोग गर्दै आएका छन् । ज्वरो आउने, ढाड दुख्ने समस्याले डेंगु पीडितहरुलाई सताएको छ । हिजो कोरोनाको समयमा नागरिकहरु अलिक बढी सचेत भएकाले कोरोनाको प्रकोपलाई केही रोकथाम गर्न सकियो । सरकारले विदेशबाट किनेर ल्याएको खोप पनि मानिसले लगाउन पाएनन् । कतिपय खोप भण्डारणमा नै कुहिए भनें दलहरु र सरकारबीचको द्धन्द्धले गर्दा जनता न्यूनतम सेवाबाट पनि बञ्चित भएका छन् ।

पटक पटक आउने महामारीको पूर्व अनुमान गरेर त्यसलाई रोक्न सरकारले कुनै कदम नचालेकाले पनि मानिसले दुःख भोग्दै आएका छन् । महामारी आएपछि मात्र आत्तिने र असहज अवस्था आइसकेपछि पनि समयमा नै व्यवस्थापन गर्न नसक्दा एकपछि अर्को समस्या थपिँदै आएको छ । तीन तहको सरकारबीच समन्वय नहुँदा पनि यस प्रकारका महामारीले उग्ररुप लिँदै आएको छ । केन्द्रीय सरकारले प्रदेशसँग समन्वय नगर्ने, प्रदेश सरकारले स्थानीय तहसँग आवश्यक सहकार्य नगर्ने भएकाले पनि अलमल हुँदै आएको छ । एकले अर्कालाई देखाएर उम्कने राजनीतिक परिपाटीले राष्ट्रिय सरोकार भएका महत्वपूर्ण विषय पनि ओझेलमा परेका छन् । यस प्रकारका रोग अचानक आउँछन् त्यसबारे पूर्व जानकारी र सूचना नभए पनि अन्यखाले प्रकोपबारे पनि सरकार अनविज्ञ रहँदै आएको छ । २०७२ सालमा आएको भूकम्पले जनताको जनजीवन अस्तव्यस्त बनाउँदा पनि सरकारले आफ्नो भूमिका स्थापित गर्न सकेन ।

निर्वाचनका बेलामात्र जनताको नाम लिने र निर्वाचनपछि शासनसत्तामा गएपछि जनताका विषयलाई मतलव नगर्ने परिपाटीले जनता सधैं आजित बन्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय