
काठमाडौँ । दक्षिण अमेरिकी समुहको विश्वकप छनौट अन्तर्गत अर्जेन्टिना बराबरीमा रोकिएको छ । शुक्रबार विहान सम्पन्न खेलमा अर्जेन्टिना पराग्वेसँग गोल रहित बराबरीमा रोकिएको हो ।
त्यस्तै आजै भएको खेलमा उरुग्वे र कोलम्बियाबीचको खेलपनि गोलरहित बराबरीमा नै रोकिएको छ ।

यो खेलपछि अर्जेन्टिनाको ९ खेलमा १९ अंक भएको छ । अर्जेन्टिनाले अहिलेसम्म९ खेलमा ५ जित र ४ बराबरी खेलेको छ । अर्जेन्टिना अंकतालिकामा दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै पराग्वेको १० खेलमा १२ अंक रहेको छ र अंक तालिकामा छैटौ स्थानमा रहेको छ ।
त्यस्तै उरुग्वेको १० खेलमा १६ अंक छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ भने कोलम्बिया १० खेलमा १४ अंकसहित अंकतालिकामा पाँचौ स्थानमा रहेको छ ।