
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले यो वर्ष दशैँमा सर्वसाधारणलाई टिका नलगाउने हुनुभएको छ ।
कोरोना महामारीको असहजताका कारण पूर्व राजा ज्ञानेन्द्रको उक्त नियमित कार्यक्रम यस वर्ष नरहेको उनको निजी सचिवालयले जनाएको छ ।

यसैगरि पूर्व राजा ज्ञानेन्द्रले अष्टमीका दिन विभिन्न शक्ति पिठहरुमा दर्शन गर्ने कार्यक्रम पनि यस वर्ष नरहेको बताइएको छ ।