एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई जेल लगिएको छ ।

आर्यनलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का अधिकारीले आर्थर रोड जेल लिएर गएका हुन् । उनले ७ अक्टोबरमा एनसीबीको कार्यालयमा राखिएको थियो ।

आर्यनसंगै अन्य ८ आरोपी पनि एनसीबीको कार्यालयमा उपस्थित रहेको जनाइएको छ । आर्यनलाई जेल लिएर जाँदै गरेका केही तस्वीरहरु बाहिरिएका छन् ।

आर्यन खानको जमानतको केसको सुनुवाई चलिरहेको भारतीय मिडियाले जनाएको छ । आर्यन खानले आज जमानत पाउलान् वा जेल जालान् यसबारे चाँडै नै निर्णय हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय