नोबेल कमिटीले यस वर्षको नोबेल शान्ति पुरस्कार मारिया रेसा र दिमित्री मुरातोभलाई संयुक्त रूपमा प्रदान गर्ने घोषणा गरेको छ ।

द नर्वेजियन नोबेल कमिटीले रेसा र मुरातोभले लोकतन्त्र र दिगो शान्तिको पूर्वसर्त, अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि योगदान पु¥याएकाले उनीहरूलाई नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको बताएको छ ।

फिलिपिन्समा जन्मिएकी रेसा पत्रकार तथा लेखक हुन्। उनले सिएनएनका लागि दक्षिण पूर्वी एसियाको मुख्य रिपोर्टरका रूपमा काम गरेकी थिइन् । त्यस्तै, मुरातोभ रसियाली पत्रकार हुन् । उनी रसियाको नोभाया गजेटा नामक पत्रिकाका प्रधान सम्पादक हुन् । नोभाया गजेटाले रसियाली सरकारलाई निरन्तर खबरदारी गर्दै आएको छ ।

चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको पुरस्कार यसअघि नै घोषणा भइसकेको छ । अक्टोबर ४ देखि ११ सम्म चल्ने पुरस्कार घोषणा कार्यक्रममा सोमबार अर्थशास्त्रतर्फको पुरस्कार घोषणा गरिँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय