एजेन्सी । फिफा विश्वकप–२०२२ छनोट खेलमामा इंग्ल्यान्डले सानदार जित निकालेको छ । गएराति भएको खेलमा इंग्ल्यान्डले एन्डोरामाथि ५–० गोल अन्तरले पराजित गरेको हो ।

इंग्ल्यान्डलाई सानदार जित दिलाउनको लागि बेन चिलवेल, बुकायो साका, ट्याम्मी अब्राहम, जेम्स वार्ड प्रोज र ज्याक ग्रेलिसले समान एक–एक गोल गरे ।

खेलको १७औं मिनेटमा चिलवेलले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । उनले जाडोन सान्चोको पासमा गोल गरेका थिए ।

४०औं मिनेटमा साकाले गोल गर्दै अग्रता दोब्बर बनाए । उनले फिल फोडेनको पासमा गोल गरेका थिए । ५९औं मिनेटमा अब्राहमले गोल गर्दै इंग्ल्यान्डलाई ३–० ले अगाडि बढाए । उनले सान्चोको पासमा गोल गरे ।

७९औं मिनेटमा प्रोजले गोल गर्दै इंग्ल्यान्डलाई ४–० को अग्रता दिलाए । ८६औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै इंग्ल्यान्डलाई ५–० को फराकिलो जित दिलाए । उनले साम जोनस्टोनको पासमा गोल गरेका थिए ।

योसँगै इंग्ल्यान्डले ७ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित एन्डोरा ३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय