काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने सेप्टेम्बर महिनाको आईसीसी ‘प्लेयर अफ दी मन्थ’ बन्न सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को मनोनयमा परेका सन्दीप सबैको भोटिङका आधारमा ‘प्लेयर अफ दी मन्थ’ भएका हुन् ।

‘प्लेयर अफ दी मन्थ’ को नोमिनेसनमा परेका बंगलादेशका नासुम अहमद र अमेरिकाका जसकरण मल्होत्रालाई पछि पार्दै सन्दीप ‘प्लेयर अफ दी मन्थ’ बन्न सफल भएका छन् ।

ओमान सिरिजमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा सन्दीप मनोनयन परेका हुन् । ओमान सिरिजमा सन्दीपले १८ विकेट लिन सफल भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय