काठमाडौ । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच विगतका सहमति कार्यान्वयन गर्ने सम्बन्धमा वार्ता भएको छ । गृहमन्त्री बालकृष्ण खाणको पहलमा मङ्गलबार गृह मन्त्रालयमा वार्ता भएको हो ।
वार्तामा मुख्यगरी दुई विषयमा छलफल भएको गृहसचिव टेकनारायण पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार विप्लवका कार्यकर्ताविरुद्धका मुद्दाको अवस्थाको बारेमा दुवै पक्षबाट विगतमा पेस भएको सूचीमा पछिल्लो समयसम्म भएको प्रगतिको अन्तिम सूची तयार गर्ने विषयमा दुवै पक्ष सहमत भएका छन् ।

त्यसैगरी तयार भएको अन्तिम सूचीका आधारमा बाँकी रहेका मुद्दालाई किनारा लगाउन र बन्दीहरूलाई रिहा गर्न कसरी सकिन्छ त्यसको प्रशासनिक, कानुनी र प्राविधिक निकास निकाल्ने गरी अर्को बैठक बस्ने कुरामा पनि सहमति भएको सचिव पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय