
काठमाडौ । शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण बेलायत हुने भएको छ । पाँचौं पटक प्रधानमन्त्री भएका देउवा छिमेकी मुलुक भारतको भ्रमण गर्ने विगतको परम्परालाई तोड्दै स्कटल्यान्डको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वल्र्ड लिडर समिटमा सहभागी हुने भएका हुन् ।
मन्त्रिपरिषद् बैठकले देउवाको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आगामी ३१ अक्टोबरदेखि १२ नोभेम्बरसम्म कोप २६ समिट आयोजना हुने सम्मलेनमा सहभागी हुने निर्णय गरेको हो ।

समिटमा अमेरिकाका राष्ट्रपति जोय बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलगायत नेताहरू सहभागी हुँदै छन् ।