काठमाडौ । नेपाल भ्रमणमा रहेको भारतको राष्ट्रिय प्रतिरक्षा कोर्ष (सन् २०२१) को टोलीले जङ्गी अड्डाको अवलोकन भ्रमण गरेको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो कार्यकक्षमा भ्रमणदलका टोली प्रमुख रियर एडमिरल धिरेन भिगसँग मंगलबार भेटवार्ता गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सो अवसरमा प्रधानसेनापति शर्माले भ्रमणबाट दुई देशका सेनाबीचको सम्बन्धको सुदृढीकरण गर्न दुईपक्षीय सुरक्षा चासोका विषय सम्बोधनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सैनिक मुख्यालयमा नेपाली सेनासम्बन्धी विषमा टोलीलाई जानकारीमूलक प्रस्तुतीकरण र अन्तक्रियासमेत गरिएको थियो । भ्रमणदलका सदस्य र तालिमरत शिक्षार्थीका श्रीमतीको सम्मानमा सैनिक श्रीमती सङ्घको कार्यालय, भद्रकालीमा स्वागत कार्यक्रम गरिएको थियो ।

अस्ट्रेलिया, भूटान, माल्दिभ्स र श्रीलङ्काका शिक्षार्थीसमेत समावेश भएको उक्त टोली नेपालको एकसाता लामो अध्ययन भ्रमण पूरा गरी यही कात्तिक ६ गते भारत फर्कनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय