
काठमाडौ । बंगलादेशमा हिन्दु धर्मावलम्बीमाथि योजनाबद्ध रूपमा साम्प्रदायिक हिंसा भएको भन्दै त्यसको विरोधमा नेपालका लागि बंगलादेशको दूतावासअगाडि प्रदर्शन गरिएको छ ।
हालै बंगलादेशमा हिन्दू धर्मावलम्बीमाथि साम्प्रदायिक हिंसा तथा अल्पसंख्यकमाथि आक्रमण भएको भन्दै त्यसको विरोधमा बुधबार नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघले नेपालका लागि बंगलादेशी दूतावासअगाडि प्रदर्शन गरेको हो ।

संघले बंगलादेशी राजदूतलाई भेटेर ज्ञापनपत्र पनि बुझाएको छ । बंगलादेशमा अक्टोबर १३ देखि १५ को बीचमा साम्प्रदायिक हिंसा भएको र हिन्दूहरूमाथि योजनाबद्ध रूपमा आक्रमण भई ८ जनाको मृत्यु भएको तथा ६ सयभन्दा बढी घर जलाइएको संघले जनाएको छ ।