काठमाडौं । मंगलबारदेखि गोलाप्रथाबाट सर्वोच्च अदालतमा पेशी तोकिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आइतबार नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँग भेटघाटवार्तामा मंगलबारदेखि गोला प्रथाबाट पेशी तोक्ने बताएका हुन् ।

यसअघि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा गठित समितिले अदालतमा विकृति, विसंगति र भ्रष्टाचार अन्त्यका गर्न स्वचालित पद्धति (अटोमेसन) बाट मुद्दाको पेशी व्यवस्थापन गर्न र अटोमेसनमा नजाँदासम्म गोला प्रथाबाट पेशी तोक्न सुझाव दिएको थियो । तर, प्रधानन्यायाधीशले गोला प्रथाबाट पेशी तोक्न आनाकानी गर्दै आएका थिए ।

आइतबारको भेटघाटमा भने त्यसैबोजिम नै अदालतमा गोला प्रथाबाट पेशी तोकिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय