काठमाडौं । साहित्यकार मदन नेपालको मुक्तकसंग्रह ‘मनीषा’काे बिमाेचन गरिएको छ । एक कार्यक्रम विच लिलाध्वज साहित्य प्रतिष्ठानको सभा हलमा साहित्यकार नेपालकाे मुक्तकसङ्ग्रह ‘मनीषा’को भव्य समारोहका बिच विमोचन गरिएको हाे ।

साहित्यकार विजयध्वज थापा,ज्ञानुवाकर पौडेल,प्रा.डा.गोविन्द मानसिंह कार्की,मुक्तक प्रतिष्ठानका अध्यक्ष रामप्रसाद कोने,शैलेन्द्र कुमार थापा लगायतले साहित्यकार नेपालकाे मुक्तकसंग्रह ‘मनीषा’ कृतिकाे बिमाेचन गरेका हुन्।हामी र हाम्रो कृति समाजको आयोजनामा भएको कार्यक्रममा प्रा डा. गोविन्दमान सिंह कार्कीले कृति माथि समीक्षा गर्दै मनीषा अरु नेपाली साहित्य बजारमा प्रकाशित गरिएका मुक्तकसंग्रह भन्दा विल्कुल फरक ढंगले आएको बताएका हुन् ।

यस कृतिमा मुक्तकको सैद्धान्तिक पक्ष सहित विभिन्न अग्रज र समकालीन मुक्तककारहरुले दिएका शब्दहरुमा मुक्तककारले सृजना गरेको उनले बताए । यसमा उनीहरुको संक्षिप्त परिचय समेत राखिएको जानकारी दिएका छन्।शुभकामना मन्तब्य राख्दै मुक्तक प्रतिष्ठानका अध्यक्ष रामप्रसाद कोनेले स्रष्टाको कार्यको उच्च प्रशंसा गर्दै ढिलो आएको तर सुन्दर कृति आएको टिप्पणी गरे । यसैगरी विभिन्न कविहरुले मनीषामा समावेश मुक्तकहरु बाचन गरेको उक्त कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले शुभकामना मन्तब्य व्यक्त गर्दै असल कार्यको निम्ति मदन नेपाल धन्यवादका पात्र भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार विजयध्वज थापाले असल कर्ममा आफ्नो तर्फबाट सदा साथ सहयोग रहने बताए । कृतिको निम्ति मदन नेपाललाई उनले बधाइ पनि दिएका छन् ।भुवन शिवाकोटी चौघरेले सञ्चालन गर्नुभएको उक्त कृति बिमाेचन कार्यक्रममा आयोजक संस्थाकी उपाध्यक्ष नम्रता उप्रेतीले स्वागत मन्तब्य राख्नुभएको थियो ।२सय ५१ वटा मुक्तकहरु समावेश भएको उक्त कृति हामी र हाम्रो कृति समाजले प्रकाशन गरेको हाे।मनीषा’मुक्तकसंग्रह सबैले मन पराउने र धेरै भन्दा धेरै पाठक सम्म पुर्याउन सबैले सहयाेग गर्ने आशा लिएकाे कृतिका लेखक मदन नेपालले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय