काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलले कार्यदलले आज शीर्ष नेतालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

तयार भएको प्रतिवेदन आज बिहान ११ बजे सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तय भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहान ११ बजे तीन नेताले कार्यदलको प्रतिवेदन बुझ्ने तय भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । १३ असारमा गठन भएको कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट रमेश लेखक र माओवादीबाट जनार्दन शर्मा सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय