एजजेन्सी । प्यालेष्टाइनी भुमी गाजाको खान युनिस शहरमा ६ जना इजरायली बन्धकहरूको शव फेला परेको छ । इजरायलले गरेको सैन्य कारवाहीका क्रममा ६ जनाको शव बरामद गरिएको हो ।

इजरायली डिफेन्स फोर्स आइईडीएफका अनुसार ती ६ जना इजरायली नागरिकहरु गत अक्टोबर ७ मा हमासले अपहरण गरेका ब्यक्तिहरु हुन् । ती शवहरु हमासले निर्माण गरेको सुरुङमा फेला परेको हो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले एक विज्ञप्ति जारी गर्दै ६ जना बन्धकको शव बरामद गरेकोमा दुख व्यक्त गर्दै ती छ जनाकै शव इजरायल फिर्ता ल्याउन सफल भएको प्रतिक्रिया दिनुभएको छ । साथै उहाँले गाजामा आफना सैनिकले जारी राखेको काम कारवाहीको प्रशंसासमेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय