काठमाडौँ । महानायक राजेश हमालले युवाहरूमा इच्छाशक्ति र आत्मविश्वास भए कुनैपनि काम गर्न असम्भव नरहेको बताएका छन् । शनिबार काठमाडौँ युथ कनक्लेभ—२०२४ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सधैँ अरुले कोरेको बाटोमा मात्रै हिँड्छु भनेर अगाडि जान नसकिने स्पष्ट पार्दै उनले साँच्चिकै अघि बढ्ने हो भने जोखिम मोलेर आफैँ बाटो खन्न सक्नुपर्ने बताए ।

‘तपाईंमा तिवं इच्छाशक्ति छ भने तपाईंमा आत्मविश्वास छ भने जुन किसिमको स्किल, ट्यालेन्ट, जुन किसिमको ज्ञान मसँग छ, त्यसलाई प्रयोग गरेर नकोरिएको बाटो पनि मैले कोर्न सक्छु, भन्ने विश्वास छ भने तपाईंहरू अघि बढ्नुस्। खालि सजिलो बाटो नखोज्नुस्। बनाएको बाटो मात्रै नखोज्नुस्,’आफ्नो भित्रि प्यासन र इच्छाशक्तिलाई बुझेर काम गर्न युवाहरूलाई सुझाव दिँदै उनले युवाहरूले जोखिम लिएर काम गर्नसके चाहेको कुरा पूरा गर्नसक्ने बताए ।

‘यसमा गएर फलानोले राम्रो प्राप्त ग¥यो, त्यसमै लाग्नुपर्छ, यसमा यो यो भइरहेको छ भन्ने सोचेर नहिँड्नुस्। आफ्नो भित्रि प्यासन र इच्छालाई बुझेर अघि बढ्नुस् । बाटो पहिल्याउनसके कोही नपुगेको ठाउँमा पुग्नुहुन्छ। युवाहधमा रिस्क लिने, आफूले चाहेको कुरा पूरा गर्ने अठोट र संकल्प हुनुपर्छ,’ हमालले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय