
काठमाडौँ । नेपालको लागि केइ अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटी ले ३ वटा मोडल सार्वजनिक गरेकाे छ । नाडा अटो सो २०२४ को अवसरमा स्टल नम्बर एच–१६ बाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३ ओटा मोडल सार्वजनिक गर्दै बुकिङ खुला भएको घोषणा गरेका हुन् । सार्वजनिक गरिएका ३ मोडल ई–क्वेट ०२, इ–क्वेट ०४ र इलेक्ट्रिक एसयुभ एक्स–३ प्रो इभी रहेका छन् ।
ई–क्वेट ०२ मोडल २ भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ, जसमा २०० किमी रेन्ज दिने भेरिएन्टलाई १९ लाख ९६ हजार मूल्य कायम गरिएको छ भने ३०० किमी भेरिएन्टको मूल्य २२ लाख ९६ हजार रहेको छ । त्यसै गरी ई–क्वेट ०४ मा ३०० किमी रेन्जको मूल्य २४ लाख ९६ हजार छ । इलेक्ट्रिक एसयुभ एक्स–३ प्रो इभीमा डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
