
काठमाडौं । टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानको लगातार दोस्रो जित निकालेको छ ।
गएराति भएको खेलमा पकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले पराजित गरेको हो । योसँगै पाकिस्तानले सेमिफाइनल सम्भावना बलियो बनाएको छ । न्युजिल्यान्डले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

जितको लागि १ सय ३५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १८. ४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले सर्वाधिक ३३ रन जोडे । उनले ३४ बलमा ५ चौका प्रहार गरेका थिए । आसिफ अली १२ बलमा १ चौका र ३ छक्का सहित २७ रनमा अविजित रहे ।
शोएब मलिक २० बलमा २ चौका र १ छक्का सहित २६ रनमा अविजित रहे । कप्तान बाबर आजम ९, फखार जमान इमाद वासिम र मोहम्मद हफिज ११–११ रनमा आउट भए । न्युजिल्यान्डका स्पिनर ईश सोधीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।
बलिङतर्फ न्युजिल्यान्डका लागि इस सोधीले दुई विकेट लिए । त्यस्तै मिचेल स्ट्राक, टिम साउथी र ट्रेन्ट बोल्टले समान एक–एक विकेट लिए ।
यसअघि हारिस राउफले ४ विकेट लिँदा न्युजिल्यान्ड १३४ रनमै समेटिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको थियो ।
न्युजिल्यान्डका डारेल मिचेल र डेभोन कोवेले समान २७–२७ रन बनाए । न्युजिल्यान्डका लागि सुरुवाती पाँच ओभरमा विना विकेटको क्षेतीमा ३६ रन बनाएको न्युजिल्यान्डले त्यसपछिको पाँच ओभरमा ३ विकेट गमाएर मात्र २४ रन बनायो ।
न्युजिल्यान्डलाई १३४ रनमै समेट्न रउफले ४ ओभर बलिङ गरेर २२ रन खर्चदै ४ विकेट लिए । त्यस्तै शाहिन अफ्रिदी, इमाड वासिम र मोहम्द हाफिजले समान एक–एक विकेट लिए ।