
काठमाडौं । देशकै पहिलो यात्रुबाहककेबुलकार सेवाअत्याधुनिक डिजिटलडी–कनेक्टप्रविधिमा स्तरोन्नति भएको छ । मनकामना दर्शन प्रालिले चितवनको चेरेसदेखि गोरखाको सुप्रशिद्धतीर्थ स्थल मनकामनामाईको मन्दिरसम्म सञ्चालनगरिरहेको मनकामना केबुलकारको दुई महिनालगाएर स्तरोन्नति गरेको हो ।
अस्ट्रियाको विश्वविख्यात केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकको प्रत्यक्ष सहभागिता र सुपरिवेक्षणमा मनकामना केबुलकारको स्तरोन्नति सम्पन्न भएको हो ।
गतअसार ३१ गतेदेखि केबुलकारको सेवा रोकेर डिजिटल स्तरोन्नति र मुख्यलठ्ठाफेर्नेकाम सम्पन्नगरिएको मनकामनादर्शन प्रालिले जनाएको छ । करीब ५० करोड रुपैयाँलगानीमास्तरोन्नति सकिएसँगैमनकामना केबुलकार असोज १ गतेमंगलबारदेखिपुनः सुचारु हुनेछ ।

मनकामना केबुलकार नेपालकै पहिलो यात्रुबाहक केबुलकार सेवाहो । प्रतिष्ठित उद्यमीलक्ष्मणबाबु श्रेष्ठको परिकल्पना र लगानीमा निर्माण सम्पन्न भएको मनकामना केबुलकार २०५५ मंसिर ८ गते सञ्चालनमा आएको थियो । मनकामना केबुलकार सेवाको सफलताले स्वदेशी उद्यमी व्यवसायीलाई केबुलकार सेवामालगानीगर्न प्रोत्साहितगर्दा अहिले देशका दर्जनौं स्थानमा केबुलकार सेवा सञ्चालनमा आइसकेका छन् । मनकाम नादर्शन प्रालि पर्यटनविधामा सबैभन्दाबढी कर तिर्ने करदाताको रुपमा नेपाल सरकारबाट पटकपटक सम्मानित भएको छ ।
मनकामनाले सेवा सुरु गरेको २६ वर्षपछिकेबुलकारको मुख्यलठ्ठा फेर्ने र डिजिटलडी–कनेक्टप्रणालीमा स्तरोन्नतिगर्ने काम सम्पन्नगरेको हो । हालसम्म मनकामना केबुलकार एनालग अपरेटिङ सिस्टमबाट चलिरहेको थियो ।
कम्पनीले आफ्नो सेवालाई समय र प्रविधिमाआएको परिवर्तनअनुरुप स्तरोन्नति गरेको हो । यो क्रमआगामीदिनमापनिजारी राख्ने मनकामनादर्शन प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठबताउनु हुन्छ ।