काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । गए राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाइएको छ । मुल्य समायोजन भएपछि पेट्रोलको मुल्य प्रतिलिटर १ सय ५९ र डिजेलको मूल्य १ सय ४९ रुपैयाँ कायम भएको छ ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आइतबार पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय