काठमाण्डौ । भक्तपुरमा पहिरोमा परेर तीन जनाको ज्यान गएको छ । सुर्यविनायक नगरपालिका–९ पलासेमा पहिरोमा परेर कालिकोट स्थायी घर भएका तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक (डिएसपी) मोहन मणि अधिकारीले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेमा २४ वर्षीय दमिला शाही उनकी चार वर्षीया छोरी प्रिया शाही र अर्की १४ वर्षीय मनिषा शाही रहेका छन् । दमिला शाही गर्भवती रहेकी जानकारी आएको पनि डिएसपी अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय