काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ। गृह मन्त्रालयमा दाबी गरेको रास्वपाले नपाएपछि आइतबारदेखि सरकारबाट बाहिरिएको हो ।

सत्ता साझेदार दलमा गृह मन्त्रालयसहित दुई मन्त्रालयको जिम्मेवारी पाएको रास्वपाले पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुँदा उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी लामिछानेले लिएका थिए ।

नागरिकतासम्बन्धी मुद्दाको फैसलामा लामिछाने दोषी ठहर गरेसँगै सर्वोच्चले सांसद पद र उपप्रधान तथा गृहमन्त्रीसहित पार्टी सभापति हुन नसक्ने फैसला सुनाएसँगै रास्वपा आन्तरिक संकटमा परेको थियो।

लामिछानेले जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट नागरिकता लिएसँगै पार्टी सभापति नियुक्त भएपछि सत्ता साझेदार दलभित्र गृहमन्त्रालय पाउन लविङ गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय