हरिभक्त सिग्देल ” महेश ”

मुक्तकहरू
१.
पहिले तिमीले अँगाल्याै मलाई
दु:खमा सधैँ नै समाल्याै मलाई।
अब के पुगेन छाडी हिड्न थाल्याै
जवानी थियाे र पगाल्याै मलाई ।।
२.
याे जाेडी छ सुन्दर छैन दाग हेर्दा
छ त्याे कालाे चस्मा देख्छु नाग हेर्दा।
अमर प्रेम फल्दाे र फुल्दाे म देख्छु
भित्र भित्रै दन्किरहेको छ राग हेर्दा।।
३.
छाड्दैन एकछिन म ढल्किन्छु भन्दा
छन् पालाे पहरा म सल्किन्छु भन्दा।
छ पर्खाल अग्लाे म उता फर्किएँ है
छ कुकुर अजङ्गकाे म पल्किन्छु भन्दा।।
४.
हे भाेले सुनिदेऊ पुराकाे छ ध्यान
डरैमा म हुन्छु छुराकाे छ ध्यान।
सध‌ैँ देख्छु सर्प नछाडी निमेष
परे माैका लान्थे कुराकाे छ ध्यान।।
५.
त्याे फूलबारी भित्र बिहानी म तिम्राे
एक झाेक्का प्रीति दिवानी म तिम्राे।
छ काेमल फूलैझैँ प्रीति याे फुलेकाे
चुप चापमै बन्थेँ है कहानी म तिम्राे।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय