जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेसका सधवा महिलाहरूले पतिको दीर्घायुको कामनासहित आज वट सावित्री पूजा गरिरहेका छन् ।

प्रत्येक वर्ष ज्येष्ठ महिनाको औँसीका दिन स्नान गरी रातो, निलो नयाँ सारी, साया, चोलो, चुरी, पातो, गरगहनाहरू लगाएर वर तथा पिप्पल भएको बोटमुनि गई महिलाहरूले वट सावित्रीको विधिपूर्वक पूजा अर्चना गर्दछन् ।

व्रतालुहरूले प्रसादको रुपमा आँप, लिची, केरा, चना, मिष्टान्न, लावा, दूध अर्पण गरी पूजा गर्ने गर्दछन् । महिलाहरूमा पतिमाथि जस्तोसुकै संकट आए पनि व्रत गरेपछि सङ्कटको निवारण हुने विश्वास रहेको छ । वर र पिपललाई धागोले बाँध्नुका साथै बाँसले बनाएको पङ्खाले हावा लगाउने चलन पनि मिथिलामा रहेको छ ।

जनकपुरधामका विभिन्न ठाउँका वर पिपलका बोट वरिपरि बिहानदेखि नै महिलाहरूको भीड छ । राम मन्दिर, गणेश मन्दिरमा लगायतका स्थानमा ठूलो सङ्ख्यामा महिलाहरू जम्मा भएका छन् ।यसमा नाग देवतालाई खुसी पार्न दूध तथा लावा चढाउने चलन छ ।

पहिला पहिला मिथिलाञ्चल क्षेत्रमा बसोबास गर्ने, मैथिल बाहुन, कायस्थ, सोनार, लोहारले मनाउने गरेकोमा अहिले आएर सबै जातजातिका व्यक्तिहरूले पर्व मनाउन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय