पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध अभियोगपत्र दर्ता भएको छ। जिल्ला अदालत कास्कीमा आइतबार अभियोगपत्र दर्ता भएको हो।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दायर गरेको हो। ४२७ पृष्ठ लामो अभियोगपत्र सरकारी वकिलको कार्यालयले पेश गरेको छ।

कास्की प्रहरीको हिरासतमा रहेका गोरखा मिडिया नेटवर्कमा रविका व्यवसायीक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जिबी)सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाई, नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाल र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङ लगायत ४४ जना विरुद्द मुद्दा दर्ता भएको छ।

सरकारी वकिलको कार्यालयले शुक्रबार सूर्यदर्शनका पूर्वअध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध थप अभियोग पत्र दायर गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय