काठमाडौं । संघीय संसद अन्तर्गत आज दुई वटा समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार आज अर्थ र पूर्वाधार विकास समितिका बैठक बस्न लागेको हो ।
अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ ।

यस्तै, पूर्वाधार विकास समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ । बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

