काठमाडौँ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ बेलासपुर दुई समुदायबीचको झडपपछि तनावग्रस्त बनेको छ। प्रेम विवाहको विषयमा उत्पन्न विवादले सोमबार साँझ ठूलो झडपको रूप लिँदा प्रहरीसहित २० जना घाइते भएका छन्।

स्थानीयले विवादका क्रममा प्रहरीको बा १ झ ७४४८ नम्बरको गाडी जलाएका छन्। जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख भविश्वर घिमिरेका अनुसार, पाँच स्थानीय, १२ जना जनपथ प्रहरी र चार जना सशस्त्र प्रहरी घाइते भएका छन्।

झडपका क्रममा नजिकै रहेको टायर ग्यारेजमा आगजनी भएको र त्यसपछि प्रहरीको गाडीमा बलेको टायर फालेर जलाइएको उनले बताए।

यसैबीच, मंगलबार प्रतिनिधिसभाको बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले घटना सरकारको ध्यानाकर्षण गराउँदै तत्काल सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। उनले झडपमा गोलीसमेत चलेको भन्दै सरकारले यथार्थ विवरण दिनुपर्ने बताएका छन्।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालित गरिए पनि तनाव कायमै रहेको छ। स्थानीय प्रशासनले संयम अपनाउन अपिल गरेको छ भने सुरक्षालाई थप कडा पारिएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय