काठमाडौं । स्कील सेवाले आयोजना गरेको राष्ट्रिय घर निर्माण फेस्ट २०८१ (महोत्सव) सम्पन्न भएको छ । काठमाडौंस्थित बुद्धनगरको क्लालिटी ब्यान्क्वेटमा फागुन १५ गतेबाट सुरु भएको घर निर्माण फेस्ट १७ गते शनिबार सम्पन्न भएको हो ।

महोत्सवको प्रमुख उद्देश्य नयाँ घर निर्माण एवं पुराना घरकारको मर्मत सम्भारको लागि आवश्यक ज्ञान, सीप प्रविधिबारे चेतना जगाउनु रहेको आयोजकले जनाएको छ । घर व्यक्तिका लागि आफू बस्ने सबैभन्दा मूल्यवान सम्पत्ति भएकाले यो सम्पत्तिलाई अधिकभन्दा अधिक भरपर्दो, सुरक्षित एवं दिगो बनाउन जरुरी हुने र महोत्सवले यही आवश्यकतालाई प्रभावकारी ढंगले परिपूर्ति गर्ने अपेक्षासहित फेस्ट आयोजना गरिएको कम्पनीका सेल्स हेड प्रविन गेलालले बताए ।

यसैगरी नेपाल न्यूज बैंकसँग कुरा गर्दै गेलालले घर निर्माणका क्रममा प्रयोग गरिने सामग्री र प्रविधिबारे जानकारी गराउन ‘कन्स्ट्रक्सन डेमोन्स्ट्रेसन’ समेत राखिएको छ, जसमा बलियो र टिकाउ घर निर्माणका लागि आवश्यक मापदण्डबारे जानकारी दिइएको समेत बताए । उनले डन्डी तथा अन्य निर्माण सामग्री प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू विशेष रूपमा ‘शोकेस’ गरिएको बताए । उनले भने, ‘पछिल्लो समय जति पनि घर बनाउनका लागि मान्छेहरु आइरहनु भएको छ, उहाँहरुले प्रयोग गर्न सजिलो हुने, पुराना शैलीका भन्दा पनि मोर्डन डिजाइन बढी मन पराउने, ओपन लेआउट भएका घरहरु बनाउन बढी रुचाइरहनु भएको छ,’उनले अगाडि भने,‘डन्डी तथा अन्य निर्माण सामग्री प्रयोग गर्दा ध्यान दिनुपर्ने धेरै कुराहरु छन् । त्यसलाई हामीले ‘शोकेस’ गरेका छौं । हरेक पालिका, वडा कार्यालयले तोकेको मापदण्ड अनुसार वा सरकारी स्वामित्वमा रहेर घर बनाउनुपर्छ । जुन नक्सा पासदेखि नै प्रोसेसिङ हुन्छ ।’

न्यूनतम मापदण्डको कुरा गर्दा बाटोबाट कति छाडेर बनाउने, टाँसेको बनाउँदा कति घरसम्म टासेर बनाउने, घरको स्टकचर बनाउँदा कतिवटा डण्डीहरु प्रयोग गरेर बनाउनेलगायतका विषयमा कोड तयार गरिएको हुन्छ । कोड भन्दा बाहिर छ भने नक्सा पास नहुने उनी बताउँछन् । पछिल्लो समय नेपालमा भूकम्प धेरै नै जान थालेको भवन निर्माण आंचारसहितालाई पालना गर्नुपर्ने उनको सुझाव छ ।

साथै उनले पछिल्लो समय काठमाडौंमा साँढे दुई तलाको घर बनाउँदा बेसिक खर्च लगभग ७० देखि ८० लाख हुने बताए । उनले बंगला स्टाइलको घर नेपालमा कम निर्माण हुने तथा सबैभन्दा धेरै अहिले रुचाइका घरहरुमा एकदुई तला भाडामा दिने,त्यो भन्दा माथि आफू प्रयोग हुने खालका घरहरु बढी रुचाइको बताए ।

‘धेरै सस्तो घर पनि बलियो हुँदैन । बलियो घर बनाउनका लागि स्टकचर निर्माणका लागि इन्जिनियरिङ कन्सलटेन्सबाट लिएर मापदण्डका कुराहरुमा ध्यान दिनुपर्छ । काठमाडौंका बेसिक साँढे दुई तलाको घर बनाउनुहुन्छ भने लगभग ७० देखि ८० लाख खर्च हुन्छ,’ उनले भने ।

देशका विभिन्न पालिकाहरुले स्थानीय मौलिकता, संस्कृति र सभ्यतालाई ध्यान दिएर घर निर्माणको मापदण्ड तय गरेकाले सो को पालना गर्नुपर्ने बाध्यता पनि छ । ‘भक्तपुरको दरबारस्वायर एरियामा नगरपालिकाले नै बेसिक ट्रेडेसन्ल मापदण्ड नै फलो गरिरहेको छ । बाहिरबाट हेर्दा ट्रेडेसन्ल देखिए पनि भित्र चाँही युजिबलिटीका आधारमा बनाइरहेका छन् ।

बंगला स्टाइलको घर नेपालमा कम बनाइन्छन् । सबै भन्दा धेरै अहिले रुचाइका घरहरुमा एकदुई तला भाडामा दिने,त्यो भन्दा माथि आफू प्रयोग हुने खालका घरहरु बढी रुचाइका छन् । अहिले नेपालमा हाउजिङ नै विस्थापित भइसकेको छैन, अब यो विस्थापित हुन अलि लामो समय लाग्नसक्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय