रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लमिछाने कारागार चलान भएका छन् । लामिछानेलाई प्रहरीले रुपन्देही जिल्ला अदालतमा उपस्थित गराई जिल्ला कारागार चलान गरेको हो।

अदालतमा पेश गरेपछि थुनुवा पूर्जी दिइएको र त्यसपछिको प्रक्रियाअनुसार अहिले लामिछानेको स्वास्थ्य परीक्षण भइरहेकोछ । स्वास्थ्य परीक्षण सकिएपछि उनलाई कारागारमै राखिनेछ ।

शुक्रबार राति काठमाडौंस्थित निवासबाट पक्राउ परेका लामिछानेलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो । सार्वजनिक बिदाका कारण दुई दिन जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको थियो ।

बुटवलस्थित सुप्रिम सहकारीको ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले उनलाई थुनामा राख्न आदेश दिएपछि सोही राति प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय