सप्तरी । सप्तरीमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–१० बदगामामा आइतबार दिउँसो यात्रुवाहक बस दुर्घटनामा परी एक जना पुरुष र एक महिलाको मृत्यु भएको छ ।

गाईघाटबाट विराटनगरतर्फ जाँदै गरेको प्र१–०१–००१ ख ३४२० नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

दुर्घटनामा ६ जना घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ ।

दुर्घटना भएपछि डीएसपी काफ्लेको नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेर उद्दार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय