
काठमाडौं । रौतहटको पत्रकार रबिन्द्र प्रजापतिको आत्महत्या गरेका छन् । गरुडा म्यूजिकल एफएममा कार्यरत कटहरिया नगरपालिका ५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापतिले शनिवार बेलुका घरमै झुण्डिएर आत्महत्या गरेका हुन् ।
ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार मृतक प्रजापतिको शव पोस्टमार्टका लागि गौर अस्पतालमा राखिएको छ । गरुडाका डीएसपी राजन कार्कीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
