
काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा ‘अहिराज’ पक्राउ परेका छन् । उनलाई प्रहरीले आइतबार काठमाडौँबाट पक्राउ गरेको हो । बलात्कार आरोपमा काठमाडौँ जिल्ला अदालतबाट गत चैत २५ गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका अहिराजलाई पक्राउ गरिएको काठमाडौँ प्रहरीले जनाएको छ ।
पक्राउपछि उनलाई आइतबार नै अदालतबाट ५ दिनको म्याद थप गरिएको छ । अहिराजविरुद्ध एक नाबालिकासँगको सम्बन्धलाई लिएर महिला प्रहरी सेलमा उजुरी परेको थियो । सोही जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । अहिराज ७ फागुन, २०७७ मा मधेस प्रदेश प्रमुख नियुक्त भएका थिए ।
