वागमती प्रदेशका डिआइजी अरूण पौडेलले हाजिर भए देखि मातहतका कार्यालयहरूमा धेरै परिवर्तन गराएको देखिन्छ । खास गरेर जिल्ला प्रहरी कार्यालय मातहतका थाना चौकीहरूले अनेक बाहनामा रकम असुली गर्ने जुन परम्परा थियो , त्यसलाई रोक्ने काम गरेका छन् । ट्राफिक प्रहरी कार्यालयहरूले भने अझै पनि अनेकौं बाहनामा असुली गर्ने कार्य भने रोकेका छैनन् । त्यसको एउटा उदाहरण हो , मकवानपुरको रातमाटे स्थित ट्राफिक पोष्टको असुली धन्दा ।
वागमती प्रदेशबाट मधेस प्रदेश जाने क्रममा रहेको यो अन्तिम चेकपोस्ट हो रातमाटे । यो रातमाटे चेकपोस्टमा ट्राफिकको सई दर्जाका प्रमुख रहन्छन् । यहाँ जिल्ला ट्राफिक प्रमुखलाई मात्रै होइन कि चितवन रामनगर स्थित प्रदेश स्तरिय ट्राफिक प्रमुखलाई समेत रिझाएर मात्रै जान र टिकिरहन सकिन्छ भनेर जाने ट्राफिकका सई नै भन्ने गर्छन् । यसको अर्थ रहेछ रातमाटे ट्राफिक प्रमुख हुनका लागि टेण्डर हालेर जानुपर्ने रहेछ । यसरी गएपछि उसले त्याहा गएर असुली धन्दा त गर्नेपर्याे नि ? मालबाहक ट्रक चाहे ती नेपाली नम्बर प्लेटका हुन या भारतीय सबैबाट रकम असुली हुन्छ। वागमती प्रदेशका नेपाली काङ्ग्रेसका नेता इन्द्र बानियाँका ट्रिपर बाहेक अरू सबैबाट यहाँको ट्राफिक प्रहरीले रकम असुली गर्दै आएको छ । ट्रान्सपोर्टका गाडी त झन् ट्राफिक प्रहरीको असुली गर्ने अर्को माध्यम हो । यसबाहेक भैंसी बोक्ने , गाईगोरू बोक्ने ट्रकलाई त ट्राफिक प्रहरीले देख्नै हुदैन आफ्नो आहारा बनाई हाल्छ । गिट्टी बालुवा बोक्ने गाडी , भारतीय नम्बर प्लेटका स, साना गाडी ट्राफिक प्रहरीको अरू असुली गर्ने माध्यम हुन । यस्तो लाग्छ कि रातमाटेमा ट्राफिक प्रहरी रकम असुली गर्नको लागि नैे बसेका हुन् । दिवा सेवाका हुन या रात्रिकालिन बस हुन , कसैलाई असुली गर्न छाड्दैनन् । कागजात पाउ , देखाउनु भनेर हात तेसारे पछि रकम मागेको भनेर बुझे हुन्छ ।अहिले रातमाटे ट्राफिक प्रमुखको जिम्मेवारीमा सई पुरूषोत्तम पौडेल प्रमुख छन् । त्यसैले डिआइजी अरूण सरले एकपटक गोप्य रूपमा निगरानी र छानबिन गरिदिए हुने ।
ट्राफिक प्रहरीद्वारा पीडित यातायात व्यवसायीहरू

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय