काठमाडौँ । नेपाल प्रहरीका ९ जना उपरीक्षक (एसपी)को सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक दीपक थापाले मंगलबार ९ एसपीको सरुवा गरेका हुन् ।

प्रहरी महानिरीक्षकको निर्णयअनुसार एसपी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सरुवाको निर्णयसँगै उदयपुर धादिङ तनहुँ र बर्दियाका प्रहरी प्रमुखहरू हेरफेर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा टेकबहादुर कार्कीलाई खटाइएको छ भने धादिङमा भेषराज रिजाललाई सरुवा गरिएको छ । यस्तै, उदयपुरमा राजन चापागाई र बर्दियामा सरोज पौडेल सरुवा भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय