काठमाडौं । आज हुने जेनजी पुस्ताको आन्दोलनमा ‘घुसपैठ’ हुनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाएको छ । सन् १९९७–२०१२ भित्र जन्मिएको पुस्ताले आज शान्तिपूर्ण प्रदर्शन गर्न लागेपछि स्थानीय प्रशासनले ‘घुसपैठ’ हुनसक्ने भन्दै बिहानैदेखि सुरक्षा व्यवस्था कडा बनाएको हो ।

निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी माइतीघरदेखि बानेश्वरसम्मको बीच सडकमा प्रर्दशन अनुमति दिएको प्रशासनले माइतीघर आसपास र नयाँ बानेश्वरस्थित संसद् भवन वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

जेनजीको प्रदर्शनलाई विभिन्न संघसंस्था, नेता तथा सेलिब्रेटीहरुले ऐक्यबद्धता जनाएका छन् । बिहान ९ बजेदेखि माइतीघरमा जम्मा भएर प्रदर्शन गर्ने उनीहरूको तयारी छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जेनजीको शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नगर्ने, तर सुरक्षा व्यवस्था कडा पारिने जानकारी दिए ।

‘शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दैन, हामी सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी राख्दैनौं,’ उनले भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त समन्वयमा सुरक्षाकर्मी परिचालन गर्छौं ।’

सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय गरेपछि ‘जेनजी’ पुस्ता सडकमा उत्रिन लागेको हो । भ्रष्टाचार अन्त्यसहितका विषयलाई उनीहरुले प्रदर्शनको मुख्य नारा बनाएका छन् ।

प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका प्रमुख मेयर बालेन साह, व्यवसायी दुर्गा प्रसाईं लगायत चर्चित कलाकारहरुले समर्थन जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय