काठमाडौँ । आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपालले कुवेतमाथि शानदार जित निकालेको छ । बुधबार राति सम्पन्न खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको हो ।

जितका लागि कुवेतले १४२ रनको लक्ष्य पाएको थियो । तर १८ दशमलव १ ओभरमा कुवेतले सबै विकेट गुमाएर जम्मा ८३ रनमा समेटियो ।

अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ एकमा जारी खेलमा ‘टस’ हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ५६ बलमा तीन छक्का र तीन चौकासहित ६६ रन बनाएका हुन ।

यस्तै , गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान २०÷२० रन बनाए भने कप्तान रोहित पौडेलले १६ बनाए ।

कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले समान दुइ–दुई ‘विकेट’ लिए ।

मोहम्मद आकिफ फरुकले एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय