रसुवा । पीडित परिवारलाई पच्चीस लाख रुपैयाँ क्षतिपूर्ति र रोजगारी सुनिश्चित गर्ने सहमति भए पछि स्थानीयवासीले गरेको विरोध कार्यक्रम फिर्ता लिएका छन् ।

गोसाइँकुण्ड गाउँपालिका–दुई टिमुरे नजिकै शनिबार दिउँसो करेन्ट लागी कालिका गाउँपालिका–तीनका पचास वर्षीय शिव पौडेलको घटनास्थलमै मृत्यु भए पछि आफन्त तथा स्थानीयवासीले मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरेका थिए ।

रसुवागढी जलविद्युत आयोजना, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र पीडित पक्षबीच कालिका गाउँपालिकामा भएको छलफल पछि पीडित परिवारलाई पच्चीस लाख रुपैयाँ क्षतिपूर्ति र परिवारका एक जनालाई रोजगारी सुनिश्चित गर्ने सहमति भए पछि विरोध कार्यक्रम फिर्ता लिइएको स्थानीयवासी पुष्पराज न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय