काठमाडौँ । कार्तिक कृष्ण चतुर्दशी। सनातन धर्मावलम्बीले कुकुरपूजा गरेका छन्। विभिन्न परिकारसहित कुकुरपूजा गरिएको हो।
सनातन धर्ममा कुकुरलाई यमराजको दूत मानिएको छ। यो दिन कुकुपूजा गर्दा यमलोक प्रवेशका क्रममा यमराजको ढोकामा द्वारपालका रूपमा बसेका श्याम र सबल नामका कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ।

मानिसका लागि उपयोगी मानिएका जीवजन्तुलाई तिहारमा सम्मान गर्ने परम्पराअनुरूप कार्तिक कृष्ण चतुर्दशीका दिन बिहान कुकुरको पूजा गर्ने विधान छ।

