विष्णुकुमार प्रसाई स्वतन्त्र पत्रकार

भारतीय गुप्तचर एजेन्सीको उत्पादन, प्रसोधन, संचलन र सहयोग बाट बनेको माओवादी प्रचण्ड कम्पनी र भारतीय सेना ल्याएर नेपालको पहिचान मेटाउन केन्द्रीय कमिटिमा प्रस्ताव राख्ने बिना ढेउवा अर्थात माकुने विचमा एकता हुनु नौलो कुरा होइन। म नेता हो नेता भन्ने माकुने प्रचण्डको हलि बन्नु पनि नौलो कुरा होइन।

देशद्रोहीहरुको न नीति नै हुन्छ न नैतिकता नै हुन्छ न त स्वाभिमान नै हुन्छ। बिदेशी एजेन्सीकी पेनिडेड सेक्स स्पाई ‘बारबरा’ लाई राजा वीरेन्द्रले २ पटक देश निकाला गरेका थिए। उनका अराष्ट्रिय र नेपाल विरोधी हरकत देखेर, बुझेर राष्ट्रवादी राजाले त्यो कदम चालेका थिए। तर नेपाली नागरिकता बोकेका विदेशी एजेन्ट अर्थात गाईको छाला ओढेका गदाहाहरुले नेपाल र नेपाली विरोधी बारबरालाई बोकेका थिए। मानव अधिकारका नाममा विदेशीको आची खानेहरु यसमा संलग्न थिए।

२०५२ सालमा प्रचण्ड र बाबुराम नामका दुई देशद्रोही आततायीहरु इन्डो पश्चिमाको हलि बनेर कथित जनयुद्धको नाममा हत्या आतंक लुटपाट मा उत्रिए, हजारौं नेपाली जनताको रगत पिए, हजारौं को अङ्ग खोसे अर्बौं को क्षति पुर्याए। आगजनी, तोडफोड, लुटपाट अपहरण, डकैती उनीहरुको निति नै बन्यो। उनिहरुले नेपालको राष्ट्रिय धर्म संस्स्कृति, पहिचान माथि आगजनी गरे मालिकको इसारामा।

पश्चिमाले नाम राखिदिएको कथित जेन्जी (गन्जी) का नाममा तिनै आतङ्ककारीहरूले देशको राष्ट्रिय पहिचान सिंहदरबार र हाम्रो इतिहास सर्वोच्च अदालत सम्म जलाए। यो जलाउनमा तिनै आततायी विदेशी जामा भिरेका प्रचण्डले नेपाल राष्ट्रले नचिनेकी नस्वीकारेकी ‘बारबरा’ नामकी विदेशी गुप्तचर लाई मालिकको निर्देशनमा नागरिकता दिए। तिनै गुप्तचर को नाममा खुलेको ‘बारबरा फाउन्डेसन’ का नाममा विदेशी आतंककारीलाई खुल्लमखुल्ला (यहाँ ‘खुलेआम’ जस्तो अर्थ लाग्ने शब्द देखिन्छ) नागरिकता वितरण मात्र गरिएन नेपाल विरोधी आतंकी, र राष्ट्रको अस्तित्व समाप्त गर्ने काममा लगाइयो जेन्जीको नाममा।

निर्दोष बाल वालिका लाई भर्याङ (वा ढाल) घाइते बनाए – निर्दोषको रगत संग खेलवाड शुरु बारबराको भुतले सरकार बनायो। यो सरकार बनेपछि देशमा भ्रस्टाचार यति धेरै बढीरहेको छ कि कसैले बोल्यो भने मध्यरातमा पक्रिएर जेल हाल्छ। बुख्याचा लाई कालो टोपी लगाएर, राष्ट्रको बारीमा उभ्याएर – अपाहिजले पछाडि बसेर मादल बजाइ रहदा नेपाल र नेपालीको अस्तित्व नै समाप्त पार्ने तर्फ गतिबिधि गर्दै नाङ्गो नाच देखाउदा हामी मौन बस्यौं भने – नेपाल त रहला तर नेपालीको नेपाल नरहन सक्छ ।

के तपाई लाई देश प्रति मोह छैन? किन हाम्रो रगत बग्ने नसामा आहालको फोहोर पानी बगिरहेको छ ? यसको जवाफ स्वाधिन्ता प्रेमी नेपालीले खोज्न ढिलो भई सक्यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय