काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई संघीय अनुसन्धान एजेन्सी (एफआईए) को विशेष अदालतले १७–१७ वर्षको जेल सजाय सुनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अदालतले दुवैलाई एक करोड ६४ लाख रुपैयाँ जरिवाना पनि तोकेको छ । कानुनअनुसार जरिवाना तिर्न असफल भएमा थप कैद सजाय भोग्नुपर्नेछ ।

कुन मुद्दामा कति सजाय ?

अदालतले इमरान खानलाई पाकिस्तान दण्ड संहिताको धारा ३४ र ४०९ अन्तर्गत आपराधिक विश्वासघातको अभियोगमा १० वर्षको सश्रम कारावास सुनाएको छ । साथै भ्रष्टाचार रोकथाम ऐनको धारा ५ (२) अन्तर्गत सरकारी कर्मचारीद्वारा आपराधिक दुव्र्यवहारको अभियोगमा थप सात वर्षको श्रम कारावास सजाय तोकिएको छ ।

उनकी पत्नी बुशरा बीबीलाई पनि सोही प्रावधानअनुसार कुल १७ वर्षको जेल सजाय सुनाइएको अदालतको फैसलामा उल्लेख छ ।

आरोप अस्वीकार, राजनीतिक प्रतिशोधको दाबी

यस वर्षको अक्टोबरमा इमरान खान र बुशरा बीबीले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै मुद्दा राजनीतिक प्रतिशोधको हिस्सा भएको दाबी गरेका थिए । उनीहरूले आफूलाई राजनीतिबाट अयोग्य ठहर गर्न योजनाबद्ध रूपमा मुद्दा चलाइएको आरोप लगाउँदै आएका छन् ।

अदालतको पछिल्लो फैसलापछि पाकिस्तानको राजनीतिक वृत्तमा थप तरंग आएको छ भने पीटीआई समर्थकहरूले यसलाई न्यायिक दुरुपयोगको रूपमा चित्रण गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय