काठमाडौँ । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने व्यवस्था मिलाएको छ। विभागका अनुसार हालसम्म कूल ३ लाख ९६ हजार थान राहदानी छपाइ भई आपूर्ति भइसकेको छ, जसका आधारमा आवश्यक परेकालाई तत्कालै राहदानी उपलब्ध गराइनेछ।

विभागले यसअघि अन्तरिम अवधिका लागि ७ लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय गरेको थियो। राहदानी पुस्तिकाको पर्याप्त आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी वैयक्तिकरण (पर्सनलाइजेसन) प्रक्रिया अघि बढाएको जनाएको छ।

अब जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिएका सेवाग्राहीलाई नियमित रूपमा राहदानी वितरण गरिने विभागको भनाइ छ।

विभागका अनुसार गत मङ्सिर १५ गतेसम्म आवेदन दिएका सेवाग्राहीले यही पुस १५ गतेभित्र नयाँ राहदानी प्राप्त गर्नेछन्। त्यसपछि आवेदन दिनेहरूलाई पनि क्रमशः राहदानी उपलब्ध गराइनेछ।

अन्तरिम अवधिका लागि पर्याप्त राहदानी पुस्तिका उपलब्ध भइसकेकाले अब राहदानी वितरण प्रक्रिया सहज र नियमित हुने विभागले स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय