काठमाडौँ । प्रमुख चिनियाँ इलेक्ट्रिक वाहन निर्माता कामाको वार्षिक वितरण सम्मेलनमा नेपालको मेगा मोटर्स प्रा. ली. लाई “अन्तर्राष्ट्रिय आउटस्टैंडिंग डिस्ट्रिब्युटर अवार्ड” को उपाधि प्रदान गरिएको छ। यो सम्मान कम्पनीले चीनबाहेकका विश्वका ३० भन्दा बढी देशका वितरकहरूबीच प्राप्त गरेको हो।
कामाको वैश्विक नेटवर्कमा नेपाललाई एक महत्त्वपूर्ण बजारको रूपमा हेरिन्छ। मेगा मोटर्सले यहाँ कामा इलेक्ट्रिक पिकअप र भ्यानको बजार सफलतापूर्वक स्थापित गरेकोमा निर्माता कम्पनीले यस प्रशंसा प्रकट गरेको हो। कम्पनीले नेपालमा इलेक्ट्रिक वाहनको बजार विस्तार गर्न र गुणस्तरीय सेवा प्रदान गर्ने क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको छ ! १ सालको अन्तर्कालमा ३०० भंदा बड़ी गाड़ी बेचिसकेको कंपनिको दाबी छ।

कामा कम्पनीले विश्वभरका आफ्ना वितरकहरूबीच उत्कृष्ट प्रदर्शन, बजार विकास र ग्राहक सेवाको आधारमा यो अवार्ड प्रदान गरेको हो। मेगा मोटर्सले नेपालमा कामा वाहनको बिक्री, सेवा र सहायक पूर्वाधार निर्माणमा सफलता हासिल गरेको छ।

यस उपलब्धिले नेपालमा इलेक्ट्रिक वाहन क्षेत्रलाई अझ बलियो बनाउने र देशको हरित यातायातमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
मेगा मोटर्स प्रा.ली.को बारेमा:
मेगा मोटर्स नेपालको प्रमुख इलेक्ट्रिक वाहन वितरक कम्पनी हो जसले कामा इलेक्ट्रिक पिकअप, भ्यान र अन्य व्यावसायिक वाहनहरूको बिक्री र सेवा प्रदान गर्दै आएको छ।
कामा इन्को बारेमा:
कामा एक प्रमुख चिनियाँ इलेक्ट्रिक वाहन निर्माता कम्पनी हो जसले विशेष गरी व्यावसायिक र यूटिलिटी वाहनहरू को उत्पादन गर्दछ। कामाले इलेक्ट्रिक पिकअप, भ्यान र हल्का ट्रकहरूमा केन्द्रित गरी एसिया, अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण एसियाली बजारहरूमा आफ्नो उपस्थिति राखेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय