काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले हालै पदोन्नति भएका उच्च सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

जङ्गी अड्डामा आज आयोजित एक विशेष समारोहका बीच प्रधान सेनापति सिग्देलले विभिन्न पदमा बढुवा भएका अधिकृतहरूलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। गत पुस ११ गतेको निर्णयअनुसार सहायक रथी दर्जाबाट उपरथी पदमा पदोन्नति भएका पाइलट सहायक रथी राम सुन्दर बोहोरा, सहायक रथी भुवन खत्री र प्राविधिक सहायक रथी धर्मेन्द्र कुमार झालाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रधान सेनापतिले सोही अवसरमा अन्य अधिकृतहरूलाई पनि पदोन्नति पछिको फुली लगाइदिएका थिए। जसमा महासेनानी दर्जामा पदोन्नति भएका १ जना महासेनानी र प्रमुख सेनानीबाट महासेनानीमा बढुवा भएका ५ जना अधिकृतहरू सहभागी थिए। उक्त समारोहमा नेपाली सेनाका बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका सैनिक अधिकृतहरूका परिवारजनको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय