रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रुपन्देही आएका छन् । आइतबार साँझ रुपन्देही पुगेका लामिछाने मणिग्रामस्थित तारे होटल ‘विश्राम बाटिका’मा बसेका छन् ।

रास्वपाका अनुसार लामिछानेले आज रुपन्देहीका पाँचै वटा निर्वाचन क्षेत्रमा जनसम्पर्क कार्यक्रम सञ्चालन गर्नेछन्। कार्यक्रम बिहान ८ बजे निर्वाचन क्षेत्र नं. १ अन्तर्गत देवदह–खैरेनीबाट सुरु भएको हो।

रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माका अनुसार लामिछानेले दिनभर पाँच वटा निर्वाचन क्षेत्रका २६ स्थानमा पुग्ने कार्यक्रम तय भएको छ। कार्यक्रमअनुसार बिहान ११ बजे क्षेत्र नं. ३ को भैरहवा, दिउँसो १ बजे क्षेत्र नं. ४ को कोटहीमाई–मर्चवार क्षेत्र, २ बजे क्षेत्र नं. ५ को पर्सहवा, सवा ३ बजे क्षेत्र नं. २ को मोतिपुर पुग्नेछन्।

त्यसपछि बुटवल हुँदै नयाँगाउँ र सालझण्डीको यात्रा गर्दै साँझ सवा ६ बजे बुद्ध जन्मस्थल लुम्बिनी पुग्ने कार्यक्रम रहेको छ। लुम्बिनीमा उनले मायादेवी मन्दिर दर्शन गर्नेछन्।

यद्यपि, तय गरिएका सबै स्थानमा सम्बोधन नहुने र केही प्रमुख स्थानहरूमा मात्रै सम्बोधन हुनसक्ने रास्वपाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय