नयाँ दिल्ली । भारतमा वायु प्रदूषणले सिमा नाघ्दा आंशिक लकडाउन हुने भएको छ। वायु प्रदूषण सम्बन्धमा त्यहाँको सर्वोच्च अदालतमा सुनुवाई जारी रहँदा प्रभावित सहरहरुमा आंशिक लकडाउन हुने भएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार सर्वोच्च अदालतले आंशिक लडकाउनको घोषणा गरेको छ। जसअनुसार सरकार तथा निजी कार्यालयमा कार्यरत कर्मचारीलाई तत्कालका लागि घरबाटै काम गर्न, विद्यालय र कलेजहरु बन्द गर्न सोमबार निर्देशन दिएको छ।

नयाँ दिल्लीको केजरिवाल सरकारले आफूहरु पूर्ण रुपमा लकडाउन गर्न तयार रहेको र केन्द्रीय राजधानी नयाँ दिल्ली र प्रभावित अन्य सहरहरुले समेत सो कदम उठाउनुपर्ने भन्दै सर्वोच्च अदालत समक्ष प्रस्ताव पेश गरेको भारतीय सञ्चारमाध्यममा खबर छ।

भारतको नयाँ दिल्ली, लखनउ, नोयडा, पञ्जाव, हरियाणा आदि क्षेत्रमा वायु प्रदूषणले सिमा नाघेको छ। नयाँ दिल्लीमा आंशिक लकडाउन प्रभावकारी रहेको समेत बताइएको छ।

बढ्दो वायु प्रदूषण कम गर्न सर्वोच्च अदालतले विभिन्न राज्यमा जारी चुनावी अभियानमा पराल र अन्य ज्वलनशील वस्तु प्रयोग नगर्न निर्देशन दिएको छ भने सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आदेश दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय