काठमाडौँ । आज नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशस्तरीय चुनावी सभा गर्दै चुनावी अभियानलाई तीव्र बनाएका छन्। कांग्रेसले जनकपुरमा ‘प्रतिज्ञा सभा’ आयोजना गर्दै यही सभाबाट घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। सभामा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवका अनुसार सभामा १ लाखभन्दा बढी मतदाताको सहभागिता रहने अपेक्षा गरिएको छ। जनकपुरबाट सार्वजनिक प्रतिज्ञा पत्रबारे दिउँसो ४ बजे केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरिनेछ भने बिहान ११ बजे केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक पनि बस्दैछ।

यता रास्वपाले धनगढीमा सभा गर्दैछ। बिहान साढे ११ बजे पशुपति टोलमा हुने जनसभालाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहले सम्बोधन गर्ने कार्यक्रम छ। त्यसअघि कञ्चनपुरका महेन्द्रनगर, झलारी, वाणी र गुलरिया बजारमा पनि सम्बोधन गरिने र भोलि सुर्खेतबाट घोषणापत्र सार्वजनिक गर्ने तयारी रहेको पार्टीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय