काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु ७ हजार १२ हजार ५०० र चाँदी रु ३५५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५४० कायम भएको छ ।

गत शुक्रबार एक तोला छापावाल सुन रु २ लाख ९४ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ८९५ कायम भएको थियो । अघिल्लो दिन प्रतितोला सुन रु तीन लाख दुई हजार ३०० र प्रतितोला चाँदी रु पाँच हजार १० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय