काठमाडौं । टोखा नगरपालिका–७ दाहालगौँडामा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने क्रममा जिल्ला प्रशासन कार्यालयले सोमबार डोजर चलाएपछि त्यहाँ बसोबास गर्दै आएका स्थानीय बासिन्दा समस्यामा परेका छन् ।

प्रहरी प्रशासनको सहयोगमा गरिएको उक्त कारबाहीमा १८ वटा घरटहरा भत्काइएको हो । स्थानीयका अनुसार कुनै पनि निकायबाट पूर्वसूचना नदिई अचानक डोजर चलाइएको थियो । “मानिस घरभित्रै हुँदा डोजर चलाइयो,” उनीहरूले गुनासो गरेका छन् ।

साविक धापासी वडा नं. ७ अन्तर्गत पर्ने हालको टोखा–७ स्थित कित्ता नम्बर ६५ को ४ रोपनीभन्दा बढी सरकारी जग्गामा ती संरचना बनाइएको थियो । उक्त क्षेत्रमा करिब ३० वर्षदेखि बसोबास गर्दै आएकी आछ माया तामाङका अनुसार १८ घरधुरी पूर्ण रूपमा सुकुम्बासी हुन् ।

उनले सोही क्षेत्रमा बनेका केही सटरहरू भने वडाध्यक्ष नरुत्तम रानाले भाडामा लगाएर आम्दानी लिँदै आएको आरोप लगाइन् । स्थानीयहरूले पनि सरकारी जग्गा अतिक्रमण गरी सटर भाडामा लगाउने काममा वडाध्यक्षकै संलग्नता रहेको दाबी गरेका छन् ।

यता, प्रशासनले भने सार्वजनिक जग्गा संरक्षणका लागि अवैध संरचना हटाइएको जनाएको छ । तर, पूर्वसूचना र वैकल्पिक व्यवस्थाबिना गरिएको कारबाहीले मानवीय पक्ष उपेक्षित भएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय